आज:  | Tue, 20, Feb, 2024

भारतीय टिभीएस कम्पनीले कर्मचारीहरू तलबमा कटौती गर्ने घोषणा

२०७७, १३ जेष्ठ मंगलवार १५:२३ मा प्रकाशित ( ३ साल अघि) १५९९७ पाठक संख्या

एजेन्सी :

भारतीय टिभीएस कम्पनीले आफ्ना कर्मचारीहरूको तलबमा कटौती गर्ने घोषणा गरेको छ। 

कोरोनाको विश्वब्यापी संक्रमणसँगै बढेसँगै बिभिन्न कम्पनीहरुले कर्मचारी कटौतीदेखी तलब कटौतीसम्म गर्न थालेका छ्न । यसैबीच भारतीय टिभीएस कम्पनीले आफ्ना कर्मचारीहरूको तलबमा कटौती गर्ने घोषणा गरेको छ।  कोरोना भाइरस महामारीको कारण चलिरहेको बन्दाबन्दीका कारण् कम्पनीको निर्माण र उत्पादन ठप्प भएको र खुद्रा बिक्री पनि निकै तल झरेकोले यो स्थिती आएको हो ।

टिभीएसले जारी गरेको विज्ञप्ति अनुसार कम्पनीले छ महिनाकोलागि कामदारहरूको २०२० मे देखि अक्टोबर २०२० सम्म तलबमा कटौती गर्ने निर्णय गरेको छ । 

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि अहिलेको संकटलाई ध्यानमा राख्दै टिभीएस मोटर कम्पनीले अस्थायी रूपमा कर्मचारीहरुको तलब घटाउने निर्णय गरेको छ ।

कम्पनीले अप्रिलमा शून्य बिक्री रेकर्ड गरेको छ । अप्रिल २०२० मा कम्पनीले आन्तरिक बजारमा बिक्री शून्य रेकर्ड गर्यो भने मार्च २०२० मा कम्पनीको बिक्री ५५ प्रतिशतले घटेको थियो।

खबर एक्सप्रेस