आज:  | Fri, 29, Mar, 2024

आज ३१औं राप्रपा स्थापना दिवस, कमल थापाले दिए शुभकामना

२०७७, १५ जेष्ठ बिहीबार ०७:१३ मा प्रकाशित ( ३ साल अघि) ३७०७७ पाठक संख्या

आज ३१औं राप्रपा स्थापना दिवसमा राप्रपा अध्यक्ष कमल थापाले दिए शुभकामना सन्देश 

आदरणिय दाजुभाइ तथा दिदी बहिनीहरु !

आजको दिनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० बर्ष पुरा गरि ३१ औं बर्षमा प्रवेश गरेको छ । यस अवसरमा राप्रपालाई माया गर्नुहुने देश बिदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरुमा सादर आभार व्यक्त गर्दछु ।

पार्टीका संस्थापक नेताहरु तथा पार्टीको आदर्श प्रति प्रतिबद्ध रहेकै कारण शहादत प्राप्त गरेका महान शहीदहरु प्रति हार्दिक अभिनन्दन तथा श्रद्धांजली अर्पण गर्दछु ।

अनेकौ उतारचढावको वावजुद कत्तिपनि विचलित नभई पार्टीलाई वर्तमान अवस्था सम्म ल्याउन योगदान पुराउन क्रियाशील पार्टीका साथीहरुमा हार्दिक बधाई तथा शुभकामना दिन्छु ।

स्थापनाकालदेखि पटकपटक टुटफुटको श्रृंखलाबाट गुज्रेको राप्रपा अब कहिल्यै नफुटने बाचाबन्धन सहित एकताबद्ध भएको छ ।

देशलाई अहिले एउटा बलियो वैकल्पिक शक्तिको आबश्यकता  रहेको छ । यस्तो शक्ति जो राष्ट्रवादी होस्, जसले मन वचन र कर्मले प्रजातन्त्रमा बिश्वास गरोस् अनि नेपाली जनताको चाहना अनुरुप सुशासन र सम्बृद्ध प्रदान गर्न सकोस् । कतिपयलाई तितो लाग्न सक्छ, तर यस्तो विकल्प बन्न सक्ने योग्यता र क्षमता राप्रपामा मात्र छ । राप्रपा रहेको फरक बिचार, देशव्यापि संगठन र अग्निपरिक्षाबाट उतिर्ण नेतृत्वको कारण राप्रपा देशले चाहेको वैकल्पिक शक्ति बन्न सक्दछ ।

यो धरातलिय यथार्थलाई हृदयंगम गर्दै आगामि दिनमा सक्रिय रुपले संगठन निर्माण र जनताको बिश्वास  जित्ने काममा लाग्न आजको दिनमा म सम्पूर्ण पार्टीका साथीहरुमा आह्वान गर्दछु । राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्रको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माण गर्ने अभिभारा अब हाम्रो हो ।

विगतमा हामीबाट केही गंभीर त्रुटि र कमजोरिहरु भएका छन् । हामीले त्यसबाट पाठ सिकेका छौं । अब गल्ति दोहरिने छैनन् । त्यसर्थ आगामि दिनमा राप्रपालाई बिश्वास गर्न, भरोसा गर्न र माया गर्नम नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा अपिल समेत गर्दछु।

२०७७ जेठ १५
-कमल थापा

खबर एक्सप्रेस