आज:  | Tue, 20, Feb, 2024

विश्वब्यापी (नेपाल सहित) कोरोना अपडेटः जेष्ठ १५ गते

२०७७, १५ जेष्ठ बिहीबार १८:५९ मा प्रकाशित ( ३ साल अघि) १०१०७ पाठक संख्या

काठमाडौ, जेष्ठ १५ गते १९:००बजे ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या ८५० जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ५१ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण : पिसिआर परिक्षण गरेको ६०६९६ (+२४१९) जना, आरडिटि परिक्षण १०२०३४ (+१७४७) जना, क्वारेन्टिनमा ८६०५७ (+१५७५२) जना, आईसोलेशनमा ८५० (१५१) जना, स्वास्थ्यलाभ गरी घर फर्केको १८७ (+४) जना र ५(+१) जनाको मृत्यु भएको छ ।

विश्वब्यापी डाटा विवरण : परीक्षण भएको संख्या ७७,७९४,४७४ (+८३२,४८७) जना, संक्रमण पुष्टि भएको संख्या ५,८३१,१६६(+३४,४८५) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २,५२९,६७४ (+२९,०५०) जना, बाँकी संक्रमित संख्या २,९४२,९४२ (+१०,००९) मृत्यु भएको संख्या ३५८,५५० (+१,०८२) रहेको छ ।

खबर एक्सप्रेस