आज:  | Thu, 18, Apr, 2024

भारत-नेपालको सम्बन्धबारे गोर्खा जनमुक्ति मोर्चाको भारतीय प्रधानमन्त्री र गृहमन्त्रीलाई पत्र

२०७७, १६ जेष्ठ शुक्रबार २०:३० मा प्रकाशित ( ३ साल अघि) १२१५३ पाठक संख्या

भारत, सिलीगुढी सम्बाददाता ।

भारत-नेपालको सम्बन्धलाई लिएर गोर्खा जनमुक्ति मोर्चाले भारतीय प्रधानमन्त्री र गृहमन्त्रीलाई पत्राचार गरे

भारत नेपालको वर्तमानमा आएको बिबाद बारे गोर्खा जनमुक्ति मोर्चाले भारतीय प्रधानमन्त्री र गृहमन्त्रीलाई पत्राचार गरेको छ । मोर्चाका अध्यक्ष बिमल गुरुङले आज एक पत्र पठाउदै 

नेपाल र भारतको सम्बन्ध सुधारमा अहम भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

 पत्र 

एक करोड पचास लाख भारतीय गोर्खाहरुको पक्षमा यो वैश्विक महामारीको समयमा देशको नागरिकहरूको सुरक्षाको निम्ति हजुरले देखाउनु भएको भिजन, मिशन अनि समर्पणको म सराहना गर्दछु। हजुरको कुशल नेतृत्वको कारण नै आज देशमा यो कोभिड १९ महामारी विश्वको अन्य विकसित देशहरूको तुलनामा धेरै हदसम्म रोकथाम भएको छ।

महोदय, यो देखेर हामी दुःखित छौं कि एउटै सभ्यता – एउटै संस्कृति – एउटै भाषिक पृष्ठभूमि रहेको दुर्इवटा देश भारत अनि नेपालको सम्बन्ध अहीले तनावग्रस्त बनेको छ। म विश्वास गर्छु कि भारत र नेपालको सम्बन्ध सुधारको निम्ति लामो अवधिको सोंच अनि विश्वास राखेर साथै दुई देशको व्यक्ति – व्यक्ति माझको सम्बन्ध सुधार गर्नु पर्छ। भारत अनि नेपाल देश बिच यो सम्बन्धको तिक्तता त्यतिबेला विजारोपण भएको थियो कि जब १९८९ मा सोनिया गांधीलाई पशुपतिनाथ मन्दिरको परिसरमा प्रवेश गर्नबाट रोक लगाइयो। त्यसरी नै २०१५ को महाभूकम्प पछि भारत अनि नेपालको सिमाना बन्द गरिएको कारणले पनि नेपाली नागरिकहरूको मनमा भारतीयहरू प्रति घृणा जागेको हो। म हजुरलाइ अहिलेको संकटलाई समग्रमा हेरिदिने विन्ती टक्राउँछु अनि अहिलेको संकटको समाधानको निम्ति ट्रयाक – दुई कुटनीतिक माध्यमहरू अपनाउनको निम्ति विनम्र अनुरोध गर्दछु ताकि दुई देशको नागरिकहरू माझ असल सम्बन्ध स्थापित हुन सकोस।

 समयकालमा नेपालको नागरिकहरुले धार्मिक इतिहासलाई अनुसरण गर्दै भारतसँग राम्रो सम्बन्ध स्थापित गर्न चाहन्छन् भन्ने कुरामा म विश्वस्तछु जो अहिले कतिपय राजनीतिज्ञहरुको स्वार्थको कारण अलपत्र छन्। सिक्किमको सिमानामा अनि लदाखको सिमानामा भारत – चीनको झगडा बारेमा म हजुरलाई यो आश्वस्त गर्न चाहन्छु कि एक करोड पचास लाख भारतीय गोर्खाहरु देशको एकता अखण्डता राष्ट्रियता एवं सिमाना बचाउनको निम्ति आफ्नो ज्यान दिन सदैव तयार रहनेछन् – अन्तिम श्वाससम्म आफ्नो मातृभूमिको निम्ति लड्नेछ।

अन्तमा म फेरि हजुरलाई यस कठिन परिस्थितिमा पनि सकुशल नेतृत्व दिनु भएकोमा धन्यवाद दिन चाहन्छु साथै हजुरको सरकारको साथ रहेको अवगत गराउन चाहन्छु।

हजुरको विश्वस्त

बिमल गुरुङ

अध्यक्ष

गोर्खा जनमुक्ति मोर्चा।

खबर एक्सप्रेस