आज:  | Sat, 17, Feb, 2024

एमसिसी प्रकरण बजेट फेलसम्म हुनसक्ने

२०७७, १७ जेष्ठ शनिबार ०८:३५ मा प्रकाशित ( ३ साल अघि) २७५२९ पाठक संख्या

काठमाडौं, जेठ १७ गते

विवादित अमेरिकी सहयोग एमसिसी परियोजनाका कारण बजेट फेलसम्म हुने कुरा बाहिर आएको छ । अमेरिकी सहयोग एमसिसी परियोजनाबाट प्राप्त हुने पाँच अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदानलाई बजेट समेत राखी पेश गरेकोले सत्तारुढ दल नेकपाभित्र बिबाद शुरु भएको छ। संसदबाट एमसिसी सम्झौता पारित नहुँदै सरकारले अनुदान रकमलाई आर्थिक वर्ष ०७७-७८ को बजेटमा समेटेको हो। बजेट किताबको अनुदान तथा ऋण सारांश अनुसूची १० मा एमसिसी अमेरिकाबाट पाँच अर्ब ७२ करोड ७२ लाख रुपैयाँ प्राप्त हुने वैदेशिक अनुदानका रूपमा राखिएको छ।

रकमसहित बजेट पारित हुने भएमा एमसिसीले वैधानिकता पाउने शंका उत्पन्न भएको छ । त्यही बिषयलाई लिएर शनिबार बिहान नेकपाको आकस्मिक सचिवालय बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको छ। यो कार्य प्रती वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले बिरोध गर्दै आएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले समाचार लेखेका छन्। एमसिसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले पार्टी निर्णयविना नै त्यसरी ल्याइएको विषय नहटाइए बजेट नै फेल हुने चेतावनी दिएका छन् ।

खबर एक्सप्रेस