आज:  | Thu, 22, Feb, 2024

तेर्हौ अन्तर्राष्ट्रिय सगरमाथा दिवस

२०७७, १७ जेष्ठ शनिबार १९:५५ मा प्रकाशित ( ३ साल अघि) १२६४९ पाठक संख्या

आजभन्दा ६७ वर्षअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले पाइला टेकेका थिए। मानव जगतकै लागि उठेको त्यो पाइलाले सानो मुलुक नेपाललाई विश्वभर चिनायो। सन् १९५३ पछिका हरेक वर्ष वसन्तकालीन सिजनमा सगरमाथाको टुप्पो देख्‍न र छुने अभिलाषा बोकेर स्वदेशी विदेशीहरुको भीड आधार शविरमा लाग्‍न थाल्यो। ६६ वर्षदेखि चलेको त्यो क्रम यो वर्ष भने रोकियो।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस कोभिड–१९ का कारण भने यो बर्षको सिजनमा सगरमाथा आधार शिविरमा सुनसान छ । 

सगरमाथामा यस्तो सुनसान यसअघि कहिल्यै देखिएन थिएन आजसम्म करिब ४५ सय स्वदेशी तथा विदेशीले सगरमाथा चुचुरोमाथि पाइला टेकिसकेका छन् भने आरोहणका क्रममा ३ सय हाराहारीले ज्यान गुमाइसकेका छन्। यो पटक तिब्बततर्फको उत्तरी मोहोडाबाट चिनियाँ सरकारी टोलीको उचाई नाप्‍ने मिसनबाहेक अरु कुनै पनि टोली त्यता गएको छैन सगरमाथा चढनलाई भने सजिलो नेपालतर्फको दक्षिणी मोहाडा नै उपयूक्त भएको जानकार बताउछन् ।

नेपालले १३ वर्षयता हरेक मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउँदै आएको थियो। यो दिवसमा पर्यटन व्यवसायी, आरोहीलगायत सरकारका विभिन्न निकाय अत्यन्तै उत्साहजनक र उल्लाहसमय वातावरणमा यो कार्यक्रम काठमाडौंमा आयोजना गर्दै रेकर्ड ब्रेकरलाई पुरस्कृत गर्ने परम्परा थियो। तर यो पटक भने पर्यटन मन्त्रालयमा

मन्त्री योगेश भट्टराईसहित ४० हाराहारीले सामाजिक दूरी राख्दै सानो कार्यक्रम आयोजना गरेर सम्पन्न भयो ।

मन्त्री भट्टराईले कोभिड –१९ को प्रकोपका कारणले उत्साहजनक र सार्वजानिक समारोहकासाथ यो कार्यक्रम आयोजना गर्न नसकिएकोमा थकथकी मान्दै अर्को सालको कार्यक्रम उल्लासमय वातावरणमा उत्साहका साथ आयोजना हुने आशा व्यक्त गर्नुभयो। 

शुक्रबारै काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले गत वर्ष नेपालतर्फबाट भएको र यस वर्ष चीन सरकारले गरेको सगरमाथाको सर्भे गर्ने दुबै टोलीलाई बधाई लेख्दै आफ्नो ट्विटर ह्याण्डलबाट दुवै मुलुकले संयुक्त विज्ञप्ति जारी गर्दै उचाई घोषणा गरिने बताउनुभयो। पछिल्ला दिन सुनिएका सगरमाथाबारेका विवादमा सरकारले केही नबोल्दा आङछिरिङसहित थुपै पर्यटन व्यवसायीहरुले मन दुखाएका छन्।

खबर एक्सप्रेस