आज:  | Mon, 26, Feb, 2024

बाँकेको सवारी दुर्घटनामा ११ जनाको मृत्यु

२०७७, १९ जेष्ठ सोमबार ०६:५६ मा प्रकाशित ( ३ साल अघि) १३३३१ पाठक संख्या

बाँकेको नेपालगन्जबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । गए मध्यराति भएको दुर्घटना २२ जना घाईते भएका छन् । घाईतेहरुको अहिले भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ ।

भारतबाट नेपाल आएका नागरिक सो दुर्घटनामा परेको बताईएको छ । ना. ५ छ ५९९५ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

खबर एक्सप्रेस