आज:  | Mon, 15, Apr, 2024

रुकुम घटनामा अभिनेत्री रेखाको आक्रोस

२०७७, २१ जेष्ठ बुधबार ११:१४ मा प्रकाशित ( ३ साल अघि) २३९९५ पाठक संख्या

काठमाडौं, जेष्ठ २१ गते ।

कर्णाली प्रदेश रुकुमको घटनालाई लिएर सदनदेखी सरकार नागरिकसम्म चर्चा, बिरोध र छानवीनको माग भैइरहेको छ। नवराज विक हत्या काण्डबारे धेरैले अनेक टिका टिप्पणी गरीरहेका छन् । सरकारले पनि घटनाको अनुसन्धान गरिरहेको छ। यसलाई कतीले जातिय नारा समेत् लगाई रहेका छन् । यो घटनालाई लिएर सामाजिक संजालमा चर्को बिरोध भई   रहेको छ । नवराज विकको प्रेमिका भनिएकी रुकुमकी एक बालिकाबारे सामाजिक संजालमा अनेक टिकाटिप्पणी भैरहेका छन् ।

यही बिच चर्चित अभिनेत्री रेखा थापाले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाट्स लेख्दै कसैको पनि चरित्र हत्या गर्ने आधिकार जो कसैलाई नभएको भन्दै कडा आक्रोस पोखेकी छिन्।

रुकुम घटनाका दोसी माथि कर्वाही र पीडितलाई अबिलम्म्ब न्याय दियियोस । यस घटनामा जोडीएकी किशोरिको बारेमा जसरी चरित्र हत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको छ, तेस्ले फेरिपनी उत्पीडित वर्ग माथि प्रहार भयो भन्ने लाग्छ । समाज बिरुद्द अन्तर्जातिय प्रेम गर्ने सहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त?  भन्दै प्रश्न गरेकी छन्  उनको त्यो पोस्टमा झन्डै दुईहजारले कमेन्ट गरेका छन भने दस हजारले लाइक गरेका छन् ।

अभिनेत्री रेखाले नेपाली फिल्म क्षेत्रमा नारी प्रधान सिनेमा बनाउदै आएकी छन् । केही समय् पहिला अहिले घटना भएको बिकट क्षेत्रमा गएर मालिका सिनेमा बनाएकी थिइन् । 

 

खबर एक्सप्रेस