आज:  | Fri, 14, Aug, 2020

किन डराउँछन् बालबालिका बिधालय जान?

२०७७, २१ जेष्ठ बुधबार १८:०४ मा प्रकाशित ( २ महिना अघि) ६५४२ पाठक संख्या

बिपिन अर्याल

जिस्किनु प्राय बढ्दो उमेरको स्वभाव हो। लगभग् सबैजसो बच्चाहरुले यसलाई अनुभव गरेका हुन्छन्। तर, यो तपाईं हामिले महसुस गरे जस्तो सरल र निर्दोष विषय भने कदापी होइन। जिस्किनुले पनि एउटा यस्तो चरम सिमा लिन्छ, अनि बिस्तारै यसले बदमासीको रूप लिन्छ। जब जिस्किनुले बदमासीको रूप लिन्छ तब यो पटक पटक दोहोरिरहन्छ ।यस्ता कृयाकलाप सचेत हुँदा पनि अर्को बच्चालाई मन दुख्ने अभिप्रायले गरिन्छ। यस्ता बदमासी: ‘मैखिक बदमासी’(धम्क्याउने, नाम काड्ने,नाम विगार्ने),’मनोबैज्ञानिक बदमासी’(समुह बाट अलग बनाउने,अफबाह/गलत हल्ला फैलाउने) र ‘शारीरिक बदमासी’( पिट्ने,धक्काउने,सामान खोस्ने /चोर्ने) आदि।

बदमासी कसरि सुरु हुन्छ?

बदमासी बानी सामाजिक,आर्थिक,जातिय,सास्कृतिक आधार रेखाबाट सुरु हुन्छन्।अनुसन्धानकर्ताले आंकलन गरे अनुसार करिव २० देखि ३० प्रतिशत बिद्यालय जाने उमेर समूहका बच्चाहरु यस्ता बदमासी घटनामा समावेश भएको पाएका छन्। तीमध्ये केहि दोषी हुन्छन भने त केही पीडित बालबालिका।यस्ता प्रकारका घटनाको सुरूबात पूर्वप्रथामिक तहबाट नै हुन्छ,त्यसपछि यसले अझ तिब्र रूप भने संक्रमणकालीन अवस्था अर्थात् कक्षा एक भन्दा माथि बाट लिन्छ। बदमासीमा पर्ने पीडित बालबालिका भने लजालु स्वाभावका हुन्छन् ,अनि शारीरिक हिसाबले पनि आफ्नो समकक्षी भन्दा कमजोर प्रकृतिका हुन्छन्।तिनिहरु कमजोर आत्मबल साथै सामाजिक कौशलता पनि कमजोर हुन्छ,जसले गर्दा उनिहरु आफ्नो समकक्षी संग शिर ठाडो पारेर हिड्न पनि हड्बडाउँछन्। बदमासीले पनि उनिहरुलाई नै लक्षित गराउँछ किनकि उनिहरु बदला लिने क्षमता राख्दैनन्। पटक पटक आफुमाथिको अत्याचारले उनिहरुलाई मानसिक शिथिलता ल्याएको हुन्छ।

बदमासीका असरहरू:

यदि तपाईंको बच्चा बदमासीको शिकार भएका छन् भने उनिहरु शारीरिक र भावनात्मक रूपले ग्रसित हुन सक्छ्न्।सम्भवतः उसका बिधालय संग जोडिने कार्यमा यस्तो लक्षण देखा पर्न सक्छ; जस्तै ग्रेड घट्नु; कारण:बच्चाले कक्षाकोठामा शिक्षक प्रति ध्यान दिनुको सट्टा उनिहरु यस्ता सोचमा डुब्ने गर्छन्, ‘उनिहरुले के गलत गरेका थिए र यस्तो बदमासीको सिकार बन्न पुगे?’ ,साथै ‘टिफिन टाइममा उनिहरुको साथमा को बस्छ?’आदि। उनिहरुमथि बदमासीको असर बाँकि नै रह्यो भने तिनिहरु बिधालय जान समेत डराउँछन्।कमजोर मनोबल ,मानसिक चिन्ता,तनाव जस्तो समस्याले अन्ततः उनिहरुको वयस्क जीबन साथै व्यक्तिगत र व्यवसायिक जीवनमा समेत हस्तक्षेप हुन सक्छ।

बदमासीले पीडित बच्चालाई मात्र नभई दोषी बच्चाहरुलाई समेत प्रत्यक्ष असर पार्ने देखिन्छ। वयस्क जीबनमा पनि उनिहरुलाई सकारात्मक सम्बन्ध गठन गर्न निकै कठिनाइ हुन्छ। उनिहरुको बिग्रदो सम्बन्धले गर्दा उनिहरू छोटो समयमा कुलतको शिकार बन्दै जान्छन् चुरोट,रक्सी, सुर्तीजन्य पदार्थको सेवन गर्ने बानि बस्दै जान्छ र पछि बैबाहिक जीवन पनि सुखी हुन सक्दैन।आफ्नो स्वास्नि संग अपमानजनक व्यवहार गर्न थाल्छन् । केहि अध्ययनले यो पनि पत्ता लगाएको छ कि यस्ता व्यक्ति पछि अपराधीक गतिविधिमा समेत संलग्न हुन्छन्।

चेतावनीका संकेत

के तपाईं चिन्तित हुनुहुन्छ कि तपाईंको बच्चा पनि बदमासीको शिकार त भएको छनन् भनेर?बच्चाको यस्ता कृयाकलाप बाट थाह पाउनुहोस्; तपाईंको बच्चा पीडित छन् या छैनन्? ख्याल राख्नुस् यि हुन बच्चामा हुने तनावको संकेत:

• निस्कृयता बढ्नु

• बारम्बार रूने बानि बस्नु

• कुनै स्पष्ट कारण बिना शारीरिक स्वास्थ्य कमजोरीका लक्षण देखिनु जस्तै पेट दुख्ने , टाउको दुख्ने

• बालबालिका द्वारा वर्णन नगरिएका/अस्पष्टिकृत चोटपटक

• अचानक ग्रेड घट्नु अथबा अरू सिकाइका समस्या

• बिध्यालय जान मन नगर्नु

• सामाजिक जीवनको महत्वपूर्ण परिवर्तन- अचानक कसैले खेल्न, डुल्न नबोलाउनु अथवा बाहिरी निमन्त्रणा नआउनु

• बच्चाको बोल्ने स्बभावमा परिवर्तन आउनु,आफुलाई कमजोर र लुजर सम्झनु , मिल्ने साथीले पनि खिसि गर्नु

समाधानको उपाय

• बच्चालाई तपाईंसंग घट्नाको वर्णन गर्न वातावरण सृजना गर्नुस् ,जसमा तपाइले कुनै बिशेष घटना वा कथा सुनाउन सक्नुहुन्छ जसमा दोषीले सजाय पाएको हुन्छ।यसो गर्नाले बालबालिकाको मनोबल र तपाईंसंगको बोन्ड राम्रो हुन्छ।

• जब समस्या पुर्णरुपमा स्पष्ट हुन्छ तब आफ्नो बच्चाको साहायताले समस्या समाधान गर्न खोज्नुस्,त्यतिन्जेल बच्चालाई कुनै नयाँ समुहमा समाबेश गराउनुस् जुन समुहमा असल केटाकेटी छन्।

• घर अनि खेलमैदानमा पनि त्यहाँको कोच ,काउन्सिलर,शिक्षक आदिलाई मध्यस्थकर्ताको रूपमा प्रयोग गर्नुस् जसले तपाईंको बच्चामाथि हुने हरेक कृयाकलापको अबलोकन गरोस्,अथबा बिधालय पछि त्यहाँको डिरेक्टर संग कुरा गर्नुस्।

• सीधा दोषी बच्चाको आमा बुबालाई भेटेर कुरा गर्दा तेति उचित हुँदैन यदि उक्त बच्चा तपाईंको बच्चाको मिल्ने साथी होइन भने ,यदि कुरा गर्नु नै पर्यो भने पनि भेटेर नरम र भद्र भइ कुरा गर्नुस्।

• दुबै बच्चाहरुलाई सहयोगी भावनाको विकास गरि संगै हिड्न लगाएरमा तिनिहरुमा आउने बास्तबिक परिवर्तनको बारेमा सजिलै थाह पाउन सकिन्छ।

• बिध्यालयमा यस्ता बदमासी गर्नेले पाएको सजायको बारेमा बिभिन्न नाटक अथवा कार्यक्रम प्रस्तुत गर्नाले बच्चाहरुमा सकारात्मक परिवर्तन आउँछ।बच्चाहरूलाई डराएर धम्क्याएर बानि सुधार्नु भन्दा अप्रत्यक्ष रुपमा सम्झाउनु राम्रो हुन्छ किनकि बच्चाहरु सुनेको भन्दा देखेको कुरामा बढी बिस्वास गर्छन।

• कक्षा शिक्षकलाई सजग बनाउनाले पनि यो नियन्त्रण गर्न मा मदत पुग्न सक्छ।

• समस्या यथावत रह्यो र बच्चा बिधालय जाने चाहना पनि घट्दै गएमा चिकित्सक संग सल्लाह लिएर बिध्यालयको प्रशासनलाई खबरदारी गर्नुपर्छ।

साथै बालबालिकालाई सानैदेखि गुणस्तरीय शिक्षा दिनाले ,उनिहरुलाई घरमा साथिजस्तै ब्यबहार गर्नाले, बिध्यालय पछि अरू कृयाकलापमा संलग्न गराउनाले , मनोबल उच्च पार्ने कृयाकलाप गराउनाले,यस्ता घटना र हुन सक्ने क्षतिको बारेमा सजग गराउन सकेमा यस्तो बदमासीबाट हाम्रो बालबालिका सुरक्षित रहन सक्छन्।

खबर एक्सप्रेस