आज:  | Mon, 04, Mar, 2024

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहालले बाजी मारे

२०७७, २२ जेष्ठ बिहीबार २१:३६ मा प्रकाशित ( ३ साल अघि) १६२१४ पाठक संख्या

काठमाडौ, जेष्ठ २२ गते ।

सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष दयाराम दाहाललाई नियुक्त गरेको छ ।

दाहाल हाल चलचित्र विकास बोर्डको सदस्य रहेका थिए ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले दाहाललाई चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्त गरेको हो । रिक्त अध्यक्ष पदका लागि दशजनाले आवेदन दिएका थिए । मन्त्रीपरिषदमा भने अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दयाराम दाहालको नाम सिफारिश भएको थियो।
चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहालले बाजी मारेका छन्।

खबर एक्सप्रेस