आज:  | Tue, 20, Feb, 2024

कर्णालीका ७ जनाले कोरोना जितेर घर फर्के

२०७७, २४ जेष्ठ शनिबार ००:०४ मा प्रकाशित ( ३ साल अघि) ११६२६ पाठक संख्या

सुर्खेत, जेष्ठ २३ गते

कर्णाली प्रदेशका ७ जनाले स्वास्थ्यलाभ गरी कोरोनाभाइरसलाई जितेर घर फर्केका छन्। प्रदेश अस्पताल सुर्खेतको आईसोलेसनमा उपचार गरिरहेका उनिहरु आज डिस्चार्ज भएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।

१४ दिन अगाडी अस्पताल भर्ना भएका उनिहरुलाई डिस्चार्जका क्रममा अझै १४ दिनसम्म घरमै आईसोलेसन बस्नका साथै कोरोनाबारे समाज जनचेतना जगाउन सामाजिक विकास मन्त्री दल रावलले अनुरोध गरेका थिए ।

खबर एक्सप्रेस