आज:  | Mon, 15, Apr, 2024

सरकारले लकडाउनलाई ६ चरणमा खुकुलो बनाउदै

२०७७, २४ जेष्ठ शनिबार ०९:४२ मा प्रकाशित ( ३ साल अघि) १९८७२ पाठक संख्या

सरकारले लकडाउनलाई ६ चरणमा क्रमिक खुकुलो बनाउदै जाने योजना बनाएको छ ।

कोरोना भाईरसकोको महामारीलाई मध्यनजर गरी नेपाल सरकारले चैत्र ११ गतेदेखी शुरु गरेको लकडाउनलाई क्रमिक खुकुलो बनाउदै जाने योजना बनाएको छ ।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले तयार पारेको स्वरुप मन्त्रिपरिषदबाट पारित गरी बढाइनेछ । असार १ बाट लागु हुने योजनामा लकडाउन पूर्ण रुपमा भने दशैं अगाडि मात्र खोल्ने तयारी गरेको छ । लकडाउनलाई भने क्रमश खुकुलो पारिदै लिने तयारीमा सरकार जुटेको छ । लकडाउनले जनजीवन प्रभावित भएको भन्दै नागरिकबाट विरोध बढेपछि सरकारले विज्ञहरुको सुझावका आधारमा तयारी थालेको हो । जस अनुसार पहिलोचरणमा अत्यावश्यक सेवाप्रदायक संस्था खोल्न दिइनेछ । त्यसमा अत्यावश्यक वस्तु उत्पादन र विक्रीवितरण गर्ने उधोग व्यवसाय पर्छन।

दोस्रो चरणमा असारको दोस्रो हप्तामा पहिलो चरणको अनुभव हेरेर आर्थिक गतिविधि बढाउने । निर्माणको काम गर्ने वातावरण बनाउने । सबै किसिमका सामान विक्री वितरण गर्ने पसलहरुलाई निश्चित नियममा रहेर खोल्न अनुमति दिने । तेस्रो चरण असारको १५ गतेपछि कृषिलगायत दैनिक उपभोग्य सामाग्रीको विक्री वितरण सहज बनाउने, निजी सवारीसाधन निश्चित मापदण्ड तोकेर सञ्चालन गर्न दिने । शुरुमा जोर बिजोर प्रणाली लागु गर्ने । बैंक तथा वित्तिय संस्था पूर्ण रुपमा खोल्न दिने । कपाल काट्ने सैलुन, ब्युटीपार्लर, खेलकुद सम्बन्धि संस्था खुल्नदिने । 

चौंथो चरण असारको तेस्रो साता धार्मिक स्थलहरु खुला हुनेछन् । जसमा सामान्य जमघट हुने स्थलहरु पनि संचालन गर्न दिइनेछ ।

पाचौं चरण साउनको १ गते विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण सम्बन्धित सेवाहरु संचालन गर्न अनुमति दिइनेछ । पूर्वाधार निर्माणका कार्य हुनेछन् । पार्क, स्विमिङ पुल, खेल मैदान, सिनेमा हल पनि यही चरणमा खुल्नेछन् । छैंठौ चरणमा सबै क्षेत्रलाई पूर्ण सुचारु हुन दिइनेछ । तर, त्यसका लागि निश्चित नियमको पालना गर्नुपर्नेछ । कोभिड १९ को जोखिमलाई दृष्टिगत गरी महामारी फैलिएमा उक्त क्षेत्रलाई शिल गर्ने गरी प्रस्ताव तयार भएको छ ।

 

खबर एक्सप्रेस