आज:  | Sat, 20, Apr, 2024

कोरोना रोकथामको लागी राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

२०७७, २५ जेष्ठ आईतवार ०९:०८ मा प्रकाशित ( ३ साल अघि) ३०२२६ पाठक संख्या

कोरोना रोकथामको लागी राष्ट्रिय आविष्कार केन्द्रलाई जापानबाट बिभिन्न सामानहरु उपलब्ध भएका छन्। 

प्राप्त सामाग्री मध्य करिब रु.१४ लाख पर्ने स्वाब निकाल्नको लागि सुईरो बनाउने 3D प्रिन्टर तथा अन्य सामाग्री प्राप्त भएको आविष्कार केन्द्रले जनाएको छ । उक्त सहयोग गैर आवासिय नेपाली संघ जापानको समन्वयमा र अन्य दाताहरुले पठाएको बुझीएको छ ।साथै नेपालएयरलाइन्सले बिना शुल्क उक्त सामाग्री नेपाल ल्याउन सहयोग गरेको थियो ।

राष्ट्रिय आविष्कार केन्द्रमा त्यो प्रिन्टरको परीक्षण गरी बनेको स्वाब संकलन गर्ने सुईराहरुलाई स्वास्थ्य मन्त्रालयमा प्रमाणिकरण गरे पस्चात ति सुईराहरु बनाएर स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिने आविष्कार केन्द्रले जनाएको छ ।

खबर एक्सप्रेस