आज:  | Mon, 26, Feb, 2024

लिम्पियाधुरा नेपालको भूभाग होईन भन्नेले संसदमा रहने नैतिक छैन : कमल थापा

२०७७, २६ जेष्ठ सोमबार २०:२२ मा प्रकाशित ( ३ साल अघि) २३२२० पाठक संख्या

समाजवादी पार्टीकी सांसद सरिता गिरीले धेरै ठाउँमा बोल्दा लिम्पियाधुरा नेपालको भूभाग नभएको बताउँदै आएकी छन्।

हालै टेलिभिजन अन्तरवार्तामा सांसद गिरीले लिम्पियाधुरा नेपालको भूभाग नरहेको बताएकी छिन्।अहिले उनको अभीब्यक्तीलाई लिएर सामाजिक संजालमा चर्को बिरोध हुँदै आएको छ ।उक्त अभिव्यक्तिलाई लिएर राप्रपाका अध्यक्ष कमल थापाले ट्विट गर्दै “लिम्पियाधुरा नेपालको भूभाग होईन भन्ने/स्विकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार छैन। निजले आफ्नो भनाई फिर्ता लिनुपर्छ वा पद छाड्नु पर्छ” भनी कडा आपत्ति ब्यक्त गरेका छन् ।

सांसद सरिता गिरीले पछिल्लो समय नेपालको बिरोध गर्दै आएकोले ससद भवन् र बाहिर तिब्र बिरोध हुँदै आएकोछ ।

 

खबर एक्सप्रेस