आज:  | Fri, 23, Feb, 2024

पूर्व यूवराज्ञी हिमानी शाहको टिकटक भिडियो भाइरल

२०७७, २६ जेष्ठ सोमबार २३:३४ मा प्रकाशित ( ३ साल अघि) ३५५२७ पाठक संख्या

अहिले अत्यधिक लोकप्रिय बनिरहेको टिकटकमा पूर्व यूवराज्ञी हिमानी शाहको आफ्ना दुई छोरीहरुसँग बनाएको एउटा टिकटक भिडियो सार्वजनिक भएको छ ।

गुराँसको फेदमुनि बोलको गीतमा पूर्व यूवराज्ञी हिमानीले दुई छोरी पूणिका र कृतिकासँग नृत्य गरेकी छन्। पूणिका साहको अकाउन्टबाट अपलोड भएको यो भिडियो केही घन्टामै भाइरल भएको छ । यो भिडियोलाई पूर्व युवराज पारस शाहले पनि लभ रियाक्टसहित फेसबुकमा सेयर गरेका छन् ।

यो भिडियोलाई अहिलेसम्म करिब १० हजारले लाइक गरेका छन् भने करिब् ७५ हजारले हेरेका छन् । करिब ६ सय कमेन्ट आएका छन् । कमेन्टमा सबैले उनीहरुको सुन्दरता र नृत्यको तारिफ गरेका छन् ।

खबर एक्सप्रेस