आज:  | Fri, 29, Mar, 2024

वालुवाटारमा धर्ना बसेका युवाहरुमाथि प्रहरीले पानीको फोहरा र लाठी चार्ज गर्‍यो

२०७७, २७ जेष्ठ मंगलवार १२:३६ मा प्रकाशित ( ३ साल अघि) १४१०६ पाठक संख्या

सामाजिक सञ्जालबाट एकजुट भएका युवाहरुले सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न नसकेको भन्दै वालुवाटारमा धर्ना बसेका युवाहरुमाथि प्रहरीले पानीको फोहरा र लाठी चार्ज गरेको छ ।

सामाजिक सञ्जाल मार्फत जुटेका युवाहरुले सरकार निदाएकाले ब्युँझाउन भन्दै शान्तिपूर्ण धर्नाका लागि आह्वान गरेका थिए सामाजिक दुरी कायम राख्दै धर्नाका लागि पुगेका उनीहरुलाई प्रहरीले लाठी र पानीको फोहरा वर्षाएको हो । करिब डेढ घन्टा लगातार धर्ना दिएपछि आएका प्रहरीले २५ जनाभन्दा धेरै भेला हुन नपाइने भन्दै माइकिङ गरेका थिए ।

त्यसपछि धर्नामा सहभागी युवाहरुलाई पानीको फोहाराले हानिएको थियो भने लाठी चार्ज गरिएको थियो । धर्नाका लागि पुगेकाहरले सरकार खोई ? , पीसीआर परीक्षण गर, १० अर्बको हिसाब चाहियो लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

खबर एक्सप्रेस