आज:  | Fri, 16, Feb, 2024

मेलम्चिको पानी छिट्टै राजधानीवासी पिउन पाउने

२०७७, २८ जेष्ठ बुधबार ०९:४५ मा प्रकाशित ( ३ साल अघि) २३०६५ पाठक संख्या

खानेपानी मन्त्री बिना मगरले अब राजधानीवासीले छिट्टै मेलम्चिको पानी पिउन पाउने उदघोस गरेकी छन्। प्रतिनिधिसभाको बैठकमा खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको नरहने बताइन।

विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शिर्षकमा विनियोजन भएको बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री मगरले मेलम्ची माथि वर्षौंदेखि उठदै आएका प्रश्नको बिटमार्ने समय छिट्टै आउने बताइन। उनले आगामी आर्थिक वर्ष मेलम्चीको पहिलो चरणको भौतिक निर्माणको काम सम्पन्न हुने र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको क्षेत्रभित्र मेलम्चीको पानी वितरण गरिने दाबी गरिन। दोस्रो चरणमा उपत्यकाका अन्य क्षेत्रमा र चक्रपथ भन्दा बाहिरको क्षेत्रमा अहिले प्रयोग हुँदै आएको मुहानबाट पानी वितरणको व्यवस्था गर्ने बताइन।

खबर एक्सप्रेस