आज:  | Tue, 20, Feb, 2024

करिब् ३० जना लिएर जाँदै गरेकाे टिप्पर कर्णाली नदिमा खस्यो

२०७७, २८ जेष्ठ बुधबार ११:१४ मा प्रकाशित ( ३ साल अघि) २०८६४ पाठक संख्या

भारतबाट आएका यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ ।दुर्घटनामा करिब ३० जना वेपत्ता भएको र केहीलाई स्थानीयबासीले जिवितै उद्धार गरेका प्रहरीले बताएको छ ।

कर्णाली करिडोरको लालीघाटको भीरबाट सो टिप्पर नदीमा खसेको हो । दुर्घटनापछि प्रहरीको टोली घटनास्थलर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

क्षमताभन्दा धेरै यात्रु बोकेको कारण टिप्पर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

खबर एक्सप्रेस