आज:  | Fri, 29, Mar, 2024

प्रधानमन्त्रीलाई काँग्रेसको ज्ञापनपत्र

२०७७, २८ जेष्ठ बुधबार ११:२३ मा प्रकाशित ( ३ साल अघि) २०९५७ पाठक संख्या

प्रधानमन्त्रीलाई नेपाली काँग्रेसले आज ज्ञापनपत्र बुझाएको छ ।

प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पार्टीकाे पछिल्लाे केन्द्रीय कार्यसमिति बैठकबाट गरेका निर्णयहरू सहितकाे ज्ञापनपत्र बुझाएको गछ । 

प्रतिनिधिमण्डलमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलकाे नेतृत्वमा नेताहरू गाेपालमान श्रेष्ठ, डा.प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक गरी पाँच जना सहभागी रहेको थियो।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ज्ञापनपत्रमा उल्लेखित सुझावहरूलाई सकारात्मक र गंभीरतापूर्वक लिएर आवश्यकता अनुसार कार्यान्वयन गर्ने जानकारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जनाएका छन्।

खबर एक्सप्रेस