आज:  | Wed, 21, Feb, 2024

यो वर्षको एसईई परीक्षा नहुने भएको छ

२०७७, २८ जेष्ठ बुधबार २२:४९ मा प्रकाशित ( ३ साल अघि) ३०५९८ पाठक संख्या

काठमाडौ, जेष्ठ २८ गते ।

यस वर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको एसईई परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको एक मन्त्रीले  बताए । आज शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए ।

ती मन्त्रीका अनुसार एसइइ खारेज नभइ विद्यालयलाई जिम्मा दिइएको बताए । यसमा पनि आन्तरिक परीक्षा र मूल्याङ्नक हुने उनले बताए । अवेर सकिएको मन्त्रिपरिषद्‍ बैठकका औपचारिक निर्णय भने भोली सार्वजनिक गरिने छ ।

खबर एक्सप्रेस