आज:  | Fri, 19, Apr, 2024

नारीलाई आफ्नै माइती नै प्यारो हुन्छ उतै गएर राजनीति गर : निता ढुंगाना

२०७७, २९ जेष्ठ बिहीबार १४:३६ मा प्रकाशित ( ३ साल अघि) २३०३४ पाठक संख्या

काठमाडौ, जेष्ठ २९ गते  ।

सासद सरिता गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने प्रमाण नभएको भन्ने उनको पछील्लो अभिव्यक्तिका कारण निकै बिबादमा परेकी छिन् । उनको अभिव्यक्तिलाई लिएर सदन सडक र सामाजिक संजालमा ब्यापक बिरोध भैरहेको छ। बिरोध कै बिच नायिका नीता ढुंगानाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सासद गिरीलाई “नारीलाई आफ्नै माइती नै प्यारो हुन्छ । उतै गएर राजनीति गर्दा कसो होला ! तिमी नेपालमा लायक छैनौ” । भनी लक्षित गरेर स्टाटस लेखेकी छन् ।

लिपुलेकसहित भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउनु पर्ने माग उठिरहेको बेला गिरीले भारतको पक्षमा वकालत गरेको भन्दै उनको चर्को आलोचना भएको हो । उनले विभिन्न सञ्चारमाध्यममा अभिब्यक्ति दिएकी थिइन ।

 

खबर एक्सप्रेस