आज:  | Mon, 15, Apr, 2024

राप्रपाको केन्द्रिय समिती र सचिबालय गठन

२०७७, २९ जेष्ठ बिहीबार १५:२७ मा प्रकाशित ( ३ साल अघि) ३१००१ पाठक संख्या

काठमाडौ, जेष्ठ २९ गते  ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बिधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम केन्द्रिय समिती,कार्य सम्पादन समिती र केन्द्रिय सचिवालय कार्य ब्यबस्था समिती गठन गरेको छ । 

राप्रपाका ३ जना अध्यक्षको सहमतिमा पहिलो चरणमा केन्द्रिय समिती,कार्य सम्पादन समिती र केन्द्रिय सचिवालय कार्य ब्यबस्था समिती गठन गरेको जानकारी दिएको छ ।

हाललाई केन्द्रिय समितीमा ३२७ जना, कार्य सम्पादन समितीमा ८२ जना र केन्द्रिय सचिवालय कार्य ब्यबस्था समितीमा ११ जना रहने गरी गठन गरेको छ ।

त्यस्तै विश्वबन्धु थापाको अध्यक्षतामा उच्च स्तरीय सल्लाहकार समिति र पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पदेन सदस्य रहेने गरी ब्यबस्था गरेको आज प्रकाशित बिज्ञप्तीमा जनाएको छ । 

 

खबर एक्सप्रेस