आज:  | Tue, 20, Feb, 2024

सानेपामा बृक्षाराेपण कार्यक्रम

२०७७, ३१ जेष्ठ शनिबार २०:३९ मा प्रकाशित ( ३ साल अघि) २०८३३ पाठक संख्या

ललितपुर, जेष्ठ ३१ गते ।

ललितपुर महानगरपालिका वडा नं २ सानेपामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना भएको बृक्षारोपण कार्यक्रममा सांसद पम्फा भुषाल र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको बिशेष सहभागितामा रहेको थियो । वडा अध्यक्ष राजेश महर्जन, महानगरीय प्रहरी प्रभाग प्रमुख कोसिस बाबू जोशी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष दान बहादुर थापामगर लगाएत स्थानीय टोलबासि, स्थानिय क्लब, महिला समुह, स्वास्थ्य स्वयमसेविकाहरु लगाएत स्थानिय बासिन्दाहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

खबर एक्सप्रेस