आज:  | Sat, 20, Apr, 2024

पर्वतमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु र ६ बेपत्ता

२०७७, ३२ जेष्ठ आईतवार ०९:४३ मा प्रकाशित ( ३ साल अघि) १९७७९ पाठक संख्या

पोखरा, जेष्ठ ३२ गते 

पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राती परेको भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।

पहिरोले पुरिएर ६ जना वेपत्ता भएका छन् । साँझ करिब २ घण्टा सम्म परेको मुसलधारे बर्षापछि आएको पहिरोमा पुरिएका ५८ बर्षिय तुलबहादुर थापा, उनकी श्रीमती मीन कुमारी थापा र नातिनि विविशा थापाको शब फेला परेको हो । भने थापाको घरमा रहेका अन्य तीन र कमला विकको घरमा रहेका ३ जना वेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा सम्राट थापा, दिपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक रहेका छन् ।

उनिहरुको स्काभेटर प्रयोग गरि खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घटना घटे लगत्तै नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्दारमा खटिएका थिए ।

स्थानीयबासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले जानकारी दिए । उनीहरुको खोजी कार्य भैरहेको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिए ।

राती १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मि फर्किएको थियो । अहिले विहानवाट पुनः उद्धार कार्य शुरु भएको कुस्मा नगरपालिका वडा न ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले बताए ।

शनिवार साँझ ६ बजे देखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो । पहिरोले उनिहरुका घरमा रहेका अन्य पशुचौपाया समेत मरेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटर भन्दा माथिवाट पहिरो आएको थियो ।

खबर एक्सप्रेस