आज:  | Fri, 22, Mar, 2024

“डिटेक्टिभ ब्योमकेश बख्शी” अर्थात, सुसान्त सिंह राजपुत हामी माझ रहेनन्

२०७७, ३२ जेष्ठ आईतवार १६:५१ मा प्रकाशित ( ३ साल अघि) ३४४७३ पाठक संख्या

बिश्व सिनेमामा अर्को शोक थपिएको छ
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्

बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको छ
आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण
खुलेको छैन ।

बीबीसीका अननुसार बान्द्रा प्रहरी स्टेशनमा सुशान्तको घरमा काम गर्ने व्यक्तिले घटनाको जानकारी दिएका थिए ।

सुशान्त सिंह राजपुत एक भारतीय टिभि तथा हिन्दी चलचित्र अभिनेता हुन । उनले हिन्दी टेलिशृङ्खला “किस देश में हे मेरा दिल”बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । त्यसै अनुरुप राजपुतले अर्को टेलीश्रृङ्खला पवित्र रिश्ता बाट निकै लोकप्रिय भएका थिए ।

यसपछि उनले ‘शुद्ध देशी रोमान्स, पीके, डिटेक्टिभ ब्योमकेश बख्शी’ जस्ता चलचित्रमा अभिनय गरिसकेका थिए । सुशान्तले अभिनय गरेको ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ले बक्स अफिसमा धमकेदार व्यापार गरेको थियो । यो चलचित्रपछि सुशान्तको अभिनयको मात्र चर्चा संगै उनको माग पनि बलिउडमा ह्वात्तै बढेको थियो ।

१२ वटा चलचित्रमा अभिनय गरेका उनले आफ्ना दर्शकहरुलाई आश्चर्य मा पारेर गएका छन् ।

(तस्बिर शाभार:गुगल)

खबर एक्सप्रेस