आज:  | Tue, 20, Feb, 2024

क्वारेन्टिनमा बसेकी एक महिला माथि सामूहिक बलात्कार

२०७७, १ असार सोमबार ०७:४२ मा प्रकाशित ( ३ साल अघि) ८२४७ पाठक संख्या

काठमाडौ, असार १ गते 

कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा बसेकी एक ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा आफु सामूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् । पीडित महिला १२ दिनअघि मात्र भारतको बैंङ्ग्लोरबाट आएकी थिइन् भने उनलाई क्वारेन्टिनमा राखिएको थियो।

बलात्कारको उक्त घटनालाई लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालय समेत तोडफोड गरेका छन् । स्थानीयले विरोध गरेपछि भने प्रहरीले तीन जना आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने जाहेरी परेको छैन तर हामी अनुसन्धान गर्दैछौं ।’ ती युवती सँगै कोठामा बसेका अन्य व्यक्ति भने परीक्षण गरेर आफ्नो घर फर्कीसकेका कारण उनि कोठामा एक्लै भएकी थिइन् । आफूले एक्लै डर लाग्ने बताएपछि अर्को कोठामा जान अनुमति दिइएको उनले बताइन् ।

उनलाई सारिएको कोठाको ढोकामा चुकुल नभएको कारण उनलाई ढोकामा बेञ्च राखेर भित्र सुत्न सल्लाह दिइएको उनले बताइन् । सञ्चो थिएन टाउको दुखिरहेको थियो । पछाडि झ्यालमा स्वयंसेवक आएर ढोका खोल्नुस् भन्यो’ उनले भनिन् । मध्यरातमा आएका स्वयं सेवकले ढोका खोल्न भन्दा सुरुमा आफूले नमानेको उनले सुनाइन् । कहिले झ्याल त कहिले ढोकामा आएपछि आफूले पनि गाली गर्नुका साथै पुलिस बोलाउन चेतावनी दिँदा पनि उनी नमानेको पीडितले बताएकी छिन् ।निकै बेर पछि ढोका खोलेर के गर्न खोजेको भनेर प्रश्न गरेको उनले भनिन् उ पछाडिपछाडि सर्दै गयो र अर्को कोठाको ढोका नजिक गइसकेपछि मलाई भित्र पछ्यार्‍यो र ढोका खोलेर मलाई जबरजस्ती गर्‍यो ।

त्यसै समय अर्का एक स्वयंसेवक आएर उक्त घटनाको भिडियो खिचेको उनले सुनाइन् । त्यही बेला एक स्वास्थ्यकर्मी आएपछि आफूले गुहार मागेको भन्दै उनले भनिन् अब मलाई सहयोग गर्छ भनेर दाइ बचाउनुस् भनेँ । तर उसले पनि त्यस्तै व्यवहार गर्‍यो । भिडियो खिच्ने युवकले आफूसँग पैसा मागेको र पैसा नदिएमा भिडियो भाइरल गरिदिने धम्की दिएको पीडित युवतीले बताएकी छिन् । उनले आफू स्वास्थ्य परीक्षणका लागि तयार रहेको भन्दै उनले भनिन् म बालबच्चा भएको आइमाई मान्छे हुँ । नभएको भए आरोप लगाएर बेइज्जत गर्नुपर्ने केही छैन ।

खबर एक्सप्रेस