आज:  | Sat, 17, Feb, 2024

हिमालय एयरलाइन्सले ‘चार्टर’ उडानको तालिका र भाडादर सार्वजनिक गर्‍यो

२०७७, १ असार सोमबार २१:०३ मा प्रकाशित ( ३ साल अघि) १९०६६ पाठक संख्या

काठमाडौं, असार १ गते । हिमालय एयरलाइन्सले ‘चार्टर’ उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । एयरलाइन्सले जुन २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने ‘चार्टर’ उडानको तालिका सार्वजनिक गरेको हो । उसले सार्वजनिक गरेको तालिका अनुसार कतिपय उडान नेपाल एयरलाइन्सले तोकेको भन्दा सस्तो दरमा हुने देखिएको छ भने कतिपय उडान त्यो भन्दा महंगो हुने भएको छ ।

हिमालयले सार्वजनिक गरेको भाडादर अनुसार यूएईको आबुधाबीको भाडा ३६५ डलर तोकिएको छ जबकी नेपाल एयलाइन्सले यो गन्तब्यबाट फर्किने यात्रुको भाडादर ४५० डलर तोकेको छ ।

कोलम्बो र मालेबाट हुने पहिलो उडानको ३८० डलर तोकेको हिमालय एयरलाइन्सले कोलम्बोबाट हुने दोस्रो उडानको भाडा ४८० डलर तोकेको छ ।

साउदीको दमममाबाट हिमालयले नेपाल एयरलाइन्सको भन्दा बढी भाडा लिने भएको छ । उसले ४६५ डलर तोकेको छ भने नेपाल एयरलाइन्सले ४३० डलर मात्रै । सिंगापुर र मलेसिया लगायतका देशको लागि भाडा नेपाल एयरलाइन्सकै बराबर छ ।

खबर एक्सप्रेस