आज:  | Tue, 16, Apr, 2024

सलमान खान र करण जोहर सहित ८ जनाबिरुद्ध मुद्दा

२०७७, ३ असार बुधबार १७:०८ मा प्रकाशित ( ३ साल अघि) २०८३३ पाठक संख्या

बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना विरूद्ध मुद्दा परेको छ।

बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका वि रूद्ध मु द्दा दा यर गरेका हुन्। अदालतले आगामी जुलाई ३ मा सुनुवाइ मिति तोकेको छ। ओझाले दायर गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको समेत नाम छ। टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ।

वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका हुन्। उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन्। कंगनाले बलिउडले सुशान्तलाई नचिनेर यो कदम चाल्न बाध्य बनायो  भनी कंगनाले भिडियो सहित सामाजिक संजालमा पोष्ट गरेकी थिईन । 

खबर एक्सप्रेस