आज:  | Fri, 19, Apr, 2024

पोखरा र आसपासमा खेल पुर्वाधार निमार्ण धमाधम

२०७७, ४ असार बिहीबार २१:१० मा प्रकाशित ( ३ साल अघि) २९३५८ पाठक संख्या

पोखरा ४ असार

पोखरा र आसपासमा यतिबेला खेल पुर्वाधार निमार्ण धमाधम भएका छन् । खेल क्षेत्रको विकासको लागि पहिलो खुडकिलो भनेकै पुर्वाधार हुनु हो । पोखरा र आसपासको क्षेत्रमा यसरी खेल पुर्वाधारको विकास हुनुले खेलकुदको क्षेत्रमा नयाँ युगको शुरुवात गर्न लागेको होकी भन्नेमा कुनै द्धुविधा छैन । मैदानको अभावले खेलाडीले पाएका दुख भने केहि हद सम्म समाधान भएको पाइन्छ । यद्यपी सबै खेल पुर्वाधारले भने न्याय पाइसकेको अवस्था भने छैन । तर पोखार लगायत आसपास भएको विकासले पोखराको खेल गतिविधिलाई भने निकै चलायमान बनाउने आशा देखिएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) ले पोखरा र आसपासको क्षेत्रमा आर्थिक वर्ष ०७६÷०७७ भित्र ठुला योजना बाहेक ११ खेल पुर्वाधार निमार्ण कार्य अघि बढाएको छ ।

परिषद्ले पोखरा रंगशाला भित्रमात्रै ६ पुर्वाधार योजना अघि बढायो । ५० लाख रुपैँयाको लगानीमा ह्याण्डबल एकेडेमी निमार्ण गरेको छ । त्यस्तै ५० लाख कै लगानीमा ब्याड्मिन्टन कभर्डहल निमार्ण सम्पन्न गरेको छ । उता स्विमिङ्ग पुल निमार्णको लागि २ करोड ३० लाख बजेट विनियोजन गरेको छ । जस्का लागि डिपिआर तयार भएको छ । रंगशालाभित्रै क्रीकेट मैदान निमार्णको लागि आवश्यक प्रक्रिया अघि बढि सकेको छ । ३ करोडको लगानीमा प्यारापिट सहितको मैदानको लागि तयारी भइरहेको छ । सुटिङको लागि ५० लाख छुट्टिएको छ ।

तर प्रतिवेदन समेत तयार भइनसकेकाले रकम फ्रिज हुने देखिन्छ । भने बहुउदेश्यीय कर्भडहलको लागि ५ करोड रुपैँया बिनियोजन भएको छ । परिषदकै लगानीमा पोखरा–१९ लामाचौरस्थित गोस्ते खेल मैदान निर्माण गरेको छ । त्यसलाई बैकल्पिक फुटबल मैदानको रुपमा विकास गरिएको छ । भिआईपी प्यारापिटसहितको चेन्जिङ रुम केही दिन अघि मात्रै ढलान गरिएको छ । दर्शकको लागि प्यारपिट समेत बनाइएको छ । परिषदले त्यस मैदानको लागि २ करोड ८० लाख रुपैयाँ खर्चिएको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए ।

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको दौरानमा महिला फुटबलको लागि बैकल्पिक फुटबल मैदानको रुपमा पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानको स्तरोन्नति गरिएको छ । मापदण्ड अनुसार स्तरोन्नति गरिएको मैदानको लागि परिषदले १ करोड ६२ लाख रुपैयाँ खर्चिएको छ । त्यो बाहेक परिषद्ले पोखरा १९ मा जेष्ठनागरिक बहुउदेश्यीय कभर्डहल निमार्णको लागि आ.व ०७६÷०७७ मा रु. १ करोड, पाखेरा २३ बाम्दीमा भलिबल खेलमैदान निमार्णको लागि ५० लाख र हाइअल्टिच्युट खेल मैदानको लागि ५० लाख बिनियोजन गरेको छ । कार्यालय प्रमुख योगीले कतिपय काम सम्पन्न भएको र कतिपय काम शुरुभएको बताए ।

खबर एक्सप्रेस