आज:  | Thu, 28, Mar, 2024

नेकपा स्थायी कमिटीको बैठक असार १० मा

२०७७, ५ असार शुक्रबार १०:५३ मा प्रकाशित ( ३ साल अघि) १०९७५ पाठक संख्या

काठमाडौं, असार ५ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक असार १० गते बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार भएको छलफलपछि असार १० गते स्थायी कमिटी बैठक बस्ने निर्णय गरिएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् । 

बैठकमा पार्टीका गतिबिधी, समसामयिक बिषयवस्तु र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायत अन्य विषयमा छलफल हुनेछ ।

खबर एक्सप्रेस