आज:  | Tue, 16, Apr, 2024

पूर्वमन्त्रीको “रातकी रानी” ड्रागन फूलको व्यावसायिक खेती

२०७७, ५ असार शुक्रबार २३:४२ मा प्रकाशित ( ३ साल अघि) २१७९४ पाठक संख्या

पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरले दाङमा ड्रागन फलको  व्यावसायिक खेती शुरु गरेका छन् ।

ड्रागनको फूल रातमा मात्रै फुल्ने र रातमा मात्रै फल लाग्ने भएकाले रातकी रानी भन्ने गरिन्छ। यसमा जेठको १५ देखि कात्तिकको १५ गतेसम्म फुलेर फल लाग्छ। फूल फुलेको चार/पाँच दिनपछि फूलका पात सुकिसक्ने र सुकेको फूलको चिया बन्ने पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगर भनाइ छ। फूल फुलेको ४५ दिनमा फल तयार हुने र त्यो १५० ग्रामदेखि एक किलोसम्मको हुन्छ। राम्रो सिँचाइ, मल तथा स्याहारसुसार पाएमा २० देखि ३० वर्षसम्म फल दिन्छ।

ड्रागन सिउँडी प्रजातिको फल हो। दाङमा ड्रागन नौलो फल मानिएको छ। अन्य मुलुकमा व्यावसायिक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायिकता पाउन थालेको छ। गर्मी ठाउँमा खेती गर्न सकिने यसमा १२ प्रकारका खनिज तथा भिटामिन पाइन्छ। जस्तोसुकै माटोमा गमला, छत तथा करेसामा लगाउन सकिन्छ। फल खाँदा मीठो नभए पनि औषधि गुणले भरिपूर्ण रहेको छ।

यसको फलबाट आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ। यसको मुन्टाको तरकारी बन्ने पूर्वमन्त्री मगरले बताए। लामो समयको अध्ययन र अनुसन्धानपछि यो खेतीतर्फ आकर्षित भएको उनले बताए ।

खबर एक्सप्रेस