आज:  | Thu, 22, Feb, 2024

सुशान्तको निधनले उनको कुकुर फुग्गी शोकमा

२०७७, ६ असार शनिबार ०७:४७ मा प्रकाशित ( ३ साल अघि) १११९२ पाठक संख्या

काठमाडौं । अहिले सामाजिक सञ्जालमा सुशान्तको निधनले उनको कुकुर फुग्गीको तस्बिर र भिडियो भाईरल छ।

 

कालो रंगको कुकुर सुशान्त राजपुतको तस्बिर मोवाइलमा हेरेर टोलाइरहेको छ । उसले आँखावाट आँशु निकाली रहेको छ । आइतबार निधन भएका सुशान्त सिंह राजपुतको फुग्गी नाम गरेको कुकुरको अहिले अवस्था गम्भिर भएको बताइएको छ । फुग्गीलाई सुशान्तले निकै माया गर्थे । सुशान्तसंगै हुर्केको यो कुकुर सुशान्तको निधनमा निकै दुखी बनेको छ ।

 

अहिले सामाजिक संजालमा एउटा ह्वदयविदारक फोटो भाइरल बनेको छ जुन फोटोमा फुग्गीले सुशान्तको फोटो हेरेर बसिरहेको छ। सुशान्तको मृत्युपछि उस्को अवस्था निकै नाजुक भएपछि सुशान्तका म्यानेजरले डाक्टरलाई बोलाएको थिए ।

कुकुरले खाना समेत नखाएर सुशान्तको फोटो हेरेर बसिरहेको छ । डाक्टरले सुशान्तको मृत्यु, सहन नसकेर कुकुरलेपनि सुसाईड गर्न खोजेको बताएको भारतीय मिडियाले दाबी गरेका छन् । हामीले मानिसमा जस्तो चेतना कुकुरमा पनि हुन्छ भन्ने धेरै उदाहरणहरु हेरेका सुनेकाछौ।

खबर एक्सप्रेस