आज:  | Tue, 20, Feb, 2024

“प्रेम गीत ३” का ‘राजा’ युग नायक शिव श्रेष्ठलाई जन्मदिनको शुभकामना

२०७७, ६ असार शनिबार ०८:१३ मा प्रकाशित ( ३ साल अघि) ६३०२४ पाठक संख्या

नायक शिव श्रेष्ठ नेपाली चलचित्र क्षेत्रमा ‘एक्सन स्टार’को रुपमा परिचित छन् ।  नेपाली चलचित्र ‘जीवन रेखाबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक शिव श्रेष्ठका धेरै चलचित्र सफल छन् ।

४ दशकभन्दा धेरै समय नेपाली चलचित्र क्षेत्रमा बिताएका ‘एक्सन स्टार शिव श्रेष्ठले नेपालमा मात्र नभई पाकिस्तानी चलचित्रमा पनि अभिनय गरेका छन् । भने पाकिस्तानमा बिभिन्न‘ राष्ट्रिय ‘राष्ट्रिय अवार्डहरु समेत जितेका छन् । एक्शनमा दखल राख्ने भएकोले चलचित्र जीवन रेखामा उनले खलनायकको भूमिका निर्बाह गर्ने ईच्छा राखेका थिए । तर उनलाई निर्देशक प्रकाश थापाले त्यही चलचित्रबाट नायकको रुपमा स्थापित गरिदिए ।त्यसपछि उनलाई चलचित्रमा पछाडी फर्केर हेर्नुपर्ने अवस्था नै आएन । नायक शिव श्रेष्ठ नेपालमा मात्र नभई पाकिस्तानी चलचित्रका पनि सुपरस्टार नायक हुन् । उनले २५ वटा पाकिस्तानी चलचित्रमा काम गरेका थिए ।ती चलचित्रमा पाकिस्तानी दर्शकले निकै मनपराएका थिए । नायक शिव श्रेष्ठले २५वटा पाकिस्तानी चलचित्रमा अभिनय गर्दा ५ वटा चलचित्रबाट राष्ट्रिय अवार्ड पाउन सफल भए । नेपाली चलचित्रमा उनले एक्शन नायककारुपमा एकछत्र राज गरेका थिए । उनका धेरैजसो चलचित्रहरु सफल भएका थिए ।

उनको पछिल्लो चलचित्र प्रेमगीत ३ मा राजाको अवतारमा दर्शकमाझ आउदैछन् । प्रेमगीत ३ चलचित्र आफ्नो ४ दशकभन्दा लामो समयको सबैभन्दा महत्वपूर्ण चलचित्र भएको बताएका छन् । उनै युग नायक शिव श्रेष्ठलाई जन्मदिनको शुभकामना

 

खबर एक्सप्रेस