आज:  | Tue, 20, Feb, 2024

गण्डकी प्रदेशमा कोरोना सन्क्रमित ४३८ पुगे

२०७७, ६ असार शनिबार १३:५२ मा प्रकाशित ( ३ साल अघि) २४८०१ पाठक संख्या

पोखरा ६ असार
गण्डकी प्रदेशमा थप ५८ जाना कोरोना संक्रमित थपिएका छन । तनहुँमा २५, नवलपुरमा १६ , गोर्खामा ५, बाग्लुङमा ८ , कास्कीमा २ , म्यादीमा १ र स्याङ्जामा १ जाना गरि गण्डकी प्रदेशमा ५८ जाना कोरोना संक्रमित थपिएको गण्डकी स्वस्थ्य निर्देशनालयले जानकारी दिएको छ । यसैसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छन् ।

तनहुँको ऋषिङ गाउँपालिकामा २१ जना, व्यास नगरपालिकामा २ जना, शुक्लागण्डकी नगरपालिकामा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । उनीहरु १ बर्षिय बालक देखी ३७ बर्ष सम्म उमेर समुहका छन् । तनहुँमा यो सँगै ६८ जनामा कोरोना संक्रमण देखीएको छ ।

त्यसै गरि नवलपुरको बुलिङटार गाउँपालिकाका ११ जना, मध्यविन्दु नगरपालिकाका २ जना, विनयत्रिबेणी गाउँपालिकामा १ जना, देबचुली नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु १७ देखी ४७ वर्ष उमेर समुहका छन् ।

गण्डकी प्रदेशमा सबै भन्दा धेरै नवलपुरमा १ सय १५ जनामा कोरोना संक्रमित पुगेका छन् । त्यसै गरि बागलुङका काठेखोला गाउँपालिकाका ७ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको डा शर्माले जानकारी दिए । उनीहरु २२ देखी ३९ बर्ष उमेर समुहका छन् ।

गोरखाको भीमसेन नगरपालिकाका २२ देखी ३६ बर्ष उमेर समुहका ५ जनालाई कोरोना देखिएको छ । कास्कीका मादी गाउँपालिकाका १ पुरुष र १८ महिनाकी बालिकामा कोरोना देखिएको छ । म्याग्दीको मालिका गाउँपालिकामा ३० बर्षिय १ जना पुरुष र स्याङजामा पालिका नखुलेको २९ बर्षिय १ जना पुरुषमा कोरोना पुष्टि भएको शर्माले बताए ।

खबर एक्सप्रेस