आज:  | Thu, 22, Feb, 2024

आज डोटीमा ६ महिने बालक सहित ७२ जनामा कोरना

२०७७, ६ असार शनिबार २०:३० मा प्रकाशित ( ३ साल अघि) १९९०३ पाठक संख्या

डोटीमा आजको दिन मात्रै नयाँ कोरोना संक्रमितको संख्या ७२ रहेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परिक्षणमा ९ महिला र ५२ पुरुष गरी जम्मा ६१ रहेका मन्त्रालयले गरेको प्रेस जानकारी मा बताइएको छ। यता सेती प्रादेशिक अस्पताल कैलालीको प्रयोगशालामा भएको परिक्षणमा ११ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाले जारी गरेको छ ।

जसमा ४ महिला र ७ जना पुरुष रहेका छन्। सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा ६ महिनाको बालकमा समेत कोरोना पुष्टि भएको पाइएको छ। योसँगै डोटीमा संक्रमित हुनेको संख्या एक सय २९ पुगेको छ।

त्यसैगरी आज नै चार जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किँका जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल पर्सन सूर्य विष्टले जानकारी दिए। हालसम्म डोटीमा ३४ जना डिस्चार्ज भएर घर फर्किसकेका छन्। डिस्चार्ज हुनेहरुमा ७ जना जिल्ला अस्पतालको आइसोलेसनबाट र अन्य पालिकाहरुले बनाएको आइसोलेसनबाट रहेका छन्। अन्य संक्रमित व्यक्तिहरु आइसोलेसनमै रहेका बताइएको छ। स्वास्थ्य अवस्था सबैको सामान्य रहेको जनाइएको छ।

खबर एक्सप्रेस