आज:  | Sat, 20, Apr, 2024

सुशांत मृत्यु कारण भन्दै १६ लाख् बढी दर्शकले यसरी छाडे अलिया भट्टलाई

२०७७, ७ असार आईतवार २२:२६ मा प्रकाशित ( ३ साल अघि) ३०७५३ पाठक संख्या

सामाजिक संजाल इन्स्टाग्राम कलाकारको लोकप्रियता मापन गर्ने गरिन्छ । इन्स्टाग्राम अहिले कलाकारका लागि आफ्नै दैनिक गतिविधी जानकारी गराउने स्थानदेखि चलचित्रको प्रचार गर्ने, राम्रो माध्यम बनेको छ ।तर, सामाजिक संजालमा कलाकारले जति तारिफ हुन्छ,,गाली पनि उत्तिकै पाउने गरेका छन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि त बलिउडमा परिवारवादको बहस नै सुरु भएको छ ।

यो बहसमा सबैभन्दा बढी आलोचित नायिका आलिया भट्ट भएकी छिन् । आलियालाई अहिले सामाजिक संजाल इन्स्टाग्राममा अनफलो गर्ने लहर नै चलेको छ ।करिब ५ करोड फलोअर्स नजिक पुगेकी आलिया अहिले आलोचनाको शिकार बनेकी छिन् । उनलाई इन्स्टाग्राममा अनफलो गर्नेको संख्या १६ लाख बढि पुगेको छ ।

४ करोड ८९ लाख फ्यान कमाएकी आलियालाई अहिले १६ लाख बढीले अनफलो गरिसकेका छन् । अहिले उनको इन्स्टाग्राममा फलोअर्सको संख्या ४ करोड ७३ लाख छ । सुशान्त सिंह राजपुत बलिउडमा व्याप्त परिवारवादको कारण डि,प्रे,शनमा गएको र आ,त्म,ह,त्या गरेको भन्दै उनका फ्यानले करण जोहर, आलिया भट्टको चर्को आ,लो,चना गरिरहेका छन् ।

खबर एक्सप्रेस