आज:  | Fri, 16, Feb, 2024

सुर्खेतमा तस्कारीको आरोपमा भिआइपी पासधारी गाडी प्रहरी नियन्त्रणमा

२०७७, ८ असार सोमबार ०७:४७ मा प्रकाशित ( ३ साल अघि) १७९८१ पाठक संख्या

सुर्खेत,

गृह मन्त्रालयबाट ट्राभल्सको पास बनाएर काठमाडौबाट सुर्खेत हिंडेका दुई वटा भिआइपी गाडी सुर्खेतको छीन्चुमा प्रहरीले नियन्त्रणमा लिएको। बा १८ च ७६२१ नम्बरको हाइलेक्स र बा १५ च ३५०५ नम्बरको स्कारपियो गाडी सशस्त्र प्रहरी सुर्खेतको टोलीले नियन्त्रणमा लिएको हो। गैरकानूनि कार्यमा संलग्न भएको आशंकामा दुई वटा गाडीलाई नियन्त्रणमा लिएको हो।

काइनाइट पत्थर र टुर्मालिन पत्थर चोरी, निकासी हुँदै गरेको विशेष सूचनाका आधारमा दुई वटा पासधारी गाडीलाई सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । सरकारले २०७२ सालदेखि तेस्रोमुलुक निकासी बन्द गरेको जाजरकोटको बहुमुल्य काइनाइट पत्थर र टुर्मालिन पत्थर निकासीका लागि ति दुई वटा गाडी प्रयोग भएको आशंकामा पक्राउ गरिएको जनाइएको छ ।

जाजरकोटमा पाइने बहुमुल्य पत्थरको बजारमुल्य ५ सयदेखि २५ हजार प्रति किलो पर्ने गर्दछ । सरकारले उत्खनन स्वीकृति दिएपनि देशभित्र प्रशोधन उद्योग नहुँदा चोरी निकासी गरी तेस्रो मुलुक भारत, चीन, अमेरिका पुर्याउने गरिएको छ ।

खबर एक्सप्रेस