आज:  | Tue, 16, Apr, 2024

कोरोना नियन्त्रणमा सामूहिक प्रयास आवश्यक–मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ

२०७७, ८ असार सोमबार १७:४५ मा प्रकाशित ( ३ साल अघि) २५५७६ पाठक संख्या

पोखरा ८ असार

गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले कोरोना नियन्त्रणका लागि सामुहिक प्रयास आवश्यक रहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच रोटरी क्लव अफ पोखराद्धारा उपलव्ध गराएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि सामुहिक प्रयासको आवश्यकता भएकोमा जोड दिनुभएको छ । यस महामारिका विरुद्धमा आम सर्वसाधारण पनि सचेत हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।

 

कार्यक्रममा मुख्यमन्त्री गुरुङलाई रोटरी क्लव अफ पोखराका अध्यक्ष गोपाल ध्वजुले रोटरी इन्टरनेशनलमार्फत उपलव्ध गराइएका १० हजार थान माक्स, दुई हजार पाँच सय थान फेससिल, १० हजार ब्रुसर लगायतका बिभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

खबर एक्सप्रेस