आज:  | Thu, 18, Apr, 2024

डेक्सामेथासोन औषधिको उत्पादन वृद्धि गर्न डब्ल्युएचको माग

२०७७, ८ असार सोमबार २३:२३ मा प्रकाशित ( ३ साल अघि) १२४९४ पाठक संख्या

कोरोना भाइरसविरुद्ध खोपको विकास भइनसकेको अवस्थामा डेक्सामेथासोन औषधि नै कोरोना विमारीका लागि जीवनदायिनी -डब्ल्युएचओ

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना संक्रमणबाट नाजुक अवस्थामा पुगेको विमारीका लागि डेक्सामेथासोन औषधिको उत्पादन वृद्धि गर्न माग गरेको छ ।

सस्तो र सबै ठाउँमा सहजै उपलब्ध हुने डेक्सामेथासोन कोरोना भाइरसबाट संक्रमित गम्भीररुपका विमारीको ज्यान बचाउन सहयोग गर्ने भएका हुदा यसको उत्पादन वृद्धि गर्न विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले माग गरेको छ । कोरोना संक्रमणबाट नाजुक अवस्थामा पुगेको विमारीका लागि डेक्सामेथासोन सहयोगी बनेको डब्ल्युएचओको निष्कर्ष छ ।

बेलायती विशेषज्ञरुले पनि यो निष्कर्ष निकालेका छन् कि डेक्सामेथासोन औषधि कोरोनाविरुद्धको संघर्षमा ठूलो सफलता दिलाउन सक्षम भएको छ ।

कोरोना भाइरसविरुद्ध खोपको विकास भइनसकेको अवस्थामा डेक्सामेथासोन औषधि नै कोरोना विमारीका लागि जीवनदायिनी बुटी बनेको डब्ल्युएचओको ठहर छ ।

 

खबर एक्सप्रेस