आज:  | Mon, 15, Apr, 2024

निजी विद्यालय र अस्पताललाई राष्ट्रियकरण गरौ: पूर्वप्रधानमन्त्री भट्टराई

२०७७, ९ असार मंगलवार ११:३१ मा प्रकाशित ( ३ साल अघि) २०३६८ पाठक संख्या

काठमाडाैँ असार ९  गते ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले ट्विट गर्दै निजी विद्यालयहरु र स्वास्थ्य संस्थाहरुलाई राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । उनले निजी विद्यालयहरुले आफ्ना कर्मचारी र शिक्षकहरुलाई तलब खुवाउन नपाएको भन्दै अभिभावकहरुसँग लकडाउन अवधिको शुल्क मागेपछि यस्तो प्रस्ताव अघि सारेका हुन् ।

शिक्षा र स्वास्थ्यको राष्ट्रियकरण गर्नुपर्छ भन्दै उनले ‘निजी शिक्षण संस्थाको अस्तित्वमाथि प्रश्नचिन्ह लागेकाले’ पढाउँदै नपढाएको वेलाको पनि शुल्क चाहियो भन्नु हास्यास्पद ! शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुनाफाको क्षेत्र बनाएर राज्यले पहिले नै ठूलो गल्ती गरेको थियो। यसले गल्ती सच्याउने राम्रो अवसर हुनसक्छ । शिक्षा स्वास्थ्यको राष्ट्रियकरण गरौं !’ भन्दै ट्विट गरेका छन् ।

खबर एक्सप्रेस