आज:  | Tue, 20, Feb, 2024

काठमाडौँ महानगरपालिकाभित्र कुकर पाल्न अब अनुमति लिनुपर्ने र कर तिर्नुपर्ने

२०७७, ९ असार मंगलवार ११:५९ मा प्रकाशित ( ३ साल अघि) १९८४१ पाठक संख्या

रहरका लागि कुकुर पाल्ने तर जनावर बिरामी भएपछि अलपत्र छाड्ने क्रम बढेका कारण काठमाडौँ महानगरपालिकाभित्र कुकर पाल्नका लागि अब अनुमति लिनुपर्ने र कर तिर्नुपर्ने प्रावधान ल्याउने तयारी भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

सडक लगायतका सार्वजनिक स्थलमा दिसापिसाब गराउने र फोहोर त्यसै छाड्ने चलन ठूलो समस्या बन्दै गएका कारण महानगरपालिकाले आगामी आर्थिक वर्षका बजेटमा सो योजना प्रस्ताव गरेको र पारित भएर साउन महिनाबाट कार्यान्वयनमा ल्याउने तयारी भइरहेको अधिकारीहरूको भनाइ छ ।

नयाँ नियम लागु भए काठमाडौंं महानगरपालिका भित्र कुकुर पाल्न कर तिर्नुपर्ने   महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलकाले जानकारी दिनुभयो । उहाँका अनुसार कर लिएपछि महानगरले सेवा पनि दिने छ । “के कति कर लिने भन्ने विषय बजेटमा आउला। तर हामीले कर लिने मात्रै नभएर सेवा पनि दिने योजना बनाएका छौँ,”
“घरमै गएर खोप लगाउने र बन्ध्याकरण गराउने काम पनि हामीले गरिदिने योजना छ।” हाल महानगरले समुदायमा रहेका कुकुरलाई हेरचाह गरिरहेको उनले दाबी गरे।

घरपालुवा कुकुरलाई अलपत्र छाड्ने अवस्थाको अन्त गर्न महानगरपालिकाले घाँटीमा जीपीएस ट्रयाकरको पनि व्यवस्था गरिने बताएको छ ।
जीपीएस ट्रयारका आधारमा कुकुर पालेका व्यक्ति लगायतका विवरण उपलब्ध हुने हुँदा अलपत्र छोडिने अवस्थामा सुधार हुने महानगरको अपेक्षा छ ।

डङ्गोलका अनुसार काठमाडौं महानगरपालिकामा सामुदायमा करिब २४ हजार कुकुर छन् । घरपालुवा कुकुरको सङ्ख्या भने दश हजारको हाराहारीमा हुने अनुमान गरिएको छ ।
काठमाडौंका ३२ वटा वडामा सातदेखि आठ लाख स्थायी बासिन्दा रहेको महानगरको भनाइ छ । कुकुर पाल्ने अनुमति वडाबाटै दिने वा महानगरपालिकाले भन्ने विषयको निर्क्यौल भइनसकेको डङ्गोलले बताए ।

खबर एक्सप्रेस