आज:  | Mon, 26, Feb, 2024

बाबा रामदेवले बजारमा ल्याएको कोरोना औषधीमा प्रतिबन्ध

२०७७, ९ असार मंगलवार २१:२३ मा प्रकाशित ( ३ साल अघि) ९०८४ पाठक संख्या

भारत सरकारले बाबा रामदेवले बजारमा ल्याएको कोरोनाको औषभधीमा प्रतिबन्ध लगाएको छ । बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेड कम्पनीले ल्याएको कोरोना औषधीको प्रचारप्रसारमा भारतको आयुष मन्त्रालयले मंगलबार रोक लगाएको भारतीय मिडियामा खबर छ ।

औषधी त्यसको विज्ञापन तत्काल रोक्न आग्रह गर्दै यो विषयमा राम्रोसँग अध्ययन अनुसन्धान भइनसकेकोले विज्ञापन गर्नु उचित नहुने जनाएको छ । उक्त कम्पनीसँग मन्त्रालयले औषधीबारे सम्पूर्ण प्रमाणहरु ९पूर्ण जानकारी० ल्याउन समेत निर्देशन दिएको छ । मन्त्रालयले औषधीबारे पूर्ण जानकारी दिन र औषधीमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । मन्त्रालयले भनेको छ–‘औषधीमा सबै प्रकारका परीक्षण नगरी अर्को आदेश नहुञ्जलेसम्मका लागि प्रतिबन्ध भएको जानकारी गराइन्छ ।’ श्रोतः हिन्दी जागरण

खबर एक्सप्रेस