आज:  | Thu, 18, Apr, 2024

गायिका आनी छाेईङ डाेल्माले हुम्लालाई स्वास्थ्य सामाग्रीहरु दिईन

२०७७, ९ असार मंगलवार २१:१६ मा प्रकाशित ( ३ साल अघि) ९३३२ पाठक संख्या

काठमाडौ, असार ९ गते ।

मनघरी फाउण्डेशनका सल्लाहकार एव पर्यटन ब्यबसायी अमर शाही र गायिका आनी छाेईङ डाेल्मा फाउण्ड्शनकी अध्यक्ष आनी छाेईङ डाेल्माले हुम्लाको सासद रंगमती शाहीलाई हुम्ला जिल्लाका सबै गाउँपालिकाहरुका लागी स्वास्थ्य सामाग्रीहरु एक कार्यक्रम बिच हस्तान्तरण गरेकी छन्।

मनघरी फाउण्डेशनले बिभिन्न संघसस्थासँगको सहकार्यमा यसअघि डोल्पा तथा दैलेख जिल्लाका सैब स्थानिय तह र डोटीका दुई स्थानिय तहमा स्वास्थ्य सामाग्रीहरु पठाईसकेको छ । दैलेख जिल्लामा कार्यरत पत्रकारहरुलाई बिभिन्न सहयोग पठाएको मनघरी फाउण्डेशनका अध्यक्ष भरत बन्धु थापाले जानकारी गराए ।

खबर एक्सप्रेस