आज:  | Sat, 20, Apr, 2024

क्वारेन्टाइनमा मंगलबार राति एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्

२०७७, १० असार बुधबार ०९:१८ मा प्रकाशित ( ३ साल अघि) ११२५४ पाठक संख्या

तनहुँ — तनहुँको घिरिङ गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा मंगलबार राति एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका ४९ वर्षीय हिरासिं परियार आफू बसेकै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ले बताए ।

‘असार ४ गते भारतबाट जिल्ला प्रवेश गरेका परियारलाई गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो’ । गॉउपालीका प्रमुख ले मृतक परिवार  प्रहरीलाई  घटनास्थलको बारेमा जानकारी गरीसकेको बताए ।

खबर एक्सप्रेस