आज:  | Mon, 15, Apr, 2024

काठमाडौ आउँदै हुनुहुन्छ ? १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्छ

२०७७, १० असार बुधबार १०:४५ मा प्रकाशित ( ३ साल अघि) २१६७० पाठक संख्या

काठमाडौँ असार १० गते ।

गृह मन्त्रालयले काठमाडौ उपत्यका प्रबेश गर्ने सबैलाई १४ सम्म होम क्वारेन्टिनमा राख्न प्रत्राचार गरेको छ ।

गृह मन्त्रालयले काठमाडौ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सो कुरा कार्यन्वयन गराउन परिपत्र गरेको हो ।अहिले घरधनीहरुले कोरोना सङ्क्रमणको पीसीआर विधिबाट परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने भएको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् । पीसीआर टेष्टका लागि आउनेहरू बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरूलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ । 

खबर एक्सप्रेस