आज:  | Tue, 20, Feb, 2024

राप्रपा महिला संगठनको बिरोध प्रदर्शन

२०७७, १० असार बुधबार १६:२४ मा प्रकाशित ( ३ साल अघि) २९६६८ पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संगठनले आज काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलाबाट बिरोध प्रदर्शन शुरु भएर बानेश्वर पुगी कोणसभा भएको थियो । 

कोणसभामा बोल्दै पूर्व राज्यमन्त्री एवं राप्रमसंकी अध्यक्ष कुन्ति कुमारी शाहीले कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान नदिएर सरकार भ्रष्टाचारमा केन्द्रित भएको बताइन् ।

मन्त्री क्वार्टरमा जिमखाना र राष्ट्रपति कार्यालयमा गलैंचा विच्छ्याउनुको सट्टा अव्यवस्थित रहेका क्वारेन्टाइनलाई व्यवस्थित गर्नेतर्फ सरकारले समयमा ध्यान दिएको भए आज महिलाहरु क्यारेन्टाइनमै बलात्कारको शिकार हुनुपर्ने थिएन भन्दै पूर्व राज्यमन्त्री शाहीले क्वारेन्टाइनमा बसेकाहरुलाई घृणित व्यवहार गरिएकोमा सरकारको विरोध गरेकी थिइन् ।

कोणसभामा राप्रमसंका नेतृहरु मीना सुवेदी, विजयकला राई, ३ नं. प्रदेशसभा सदस्य रिता माझी, कुमारी स्याङ्तान लगायतले सम्बोधन गरेका थिए । 


र्यालीमा महिला संगठनले महिलामैत्री क्वारेन्टिनको ब्यबस्था गर, भ्रष्टाचारको अन्त्य गर, भ्रस्टाचारिलाई कार्बाही गर, महिला हिंसा बन्द गर, कोरोना पिसिआर टेस्टको दायरा वृद्धि गर, बलात्कारीलाई कार्बाही गर,पिडितलाई क्षतिपुर्ती देउ भन्ने नाराका साथ बिरोध प्रदर्शन गरिएको महिला संगठनले बताएको छ ।

 

 

खबर एक्सप्रेस