आज:  | Sun, 18, Feb, 2024

पूर्व युवराज्ञी हिमानी स्वदेश फर्किइन्

२०७७, १० असार बुधबार २२:०६ मा प्रकाशित ( ३ साल अघि) २६४७५ पाठक संख्या

काठमाडौँ, असार १० गते ।

पूर्वयुवराज्ञी हिमानी राज्य लक्ष्मी शाह करिब् तीन महिना पछी नेपाल फर्किएकी छिन् । आफ्ना छोरीहरु पूर्णिका र कृतिकालाई भेट्न छोरा हृदयेन्द्र सहित् थाइल्याण्ड गएकी पूर्वयुवराज्ञी हिमानी स्वदेश फर्किएकी हुन् । हिमानीसँगै उनका छोरा हृदयेन्द्र स्वदेश फर्किएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमण जोखिम रोक्न सरकारले चैत ११ देखि लकडाउन गरेपछि उनी उतै रोकिएकी थिइन् । हिमानीका छोरीहरु अहिले उच्चशिक्षाका लागि थाइल्याण्डमा छन्। यसअघी थाइल्याण्डमा रह्दा आफ्ना छोरीहरुसँग टिकटक बनाएर सामाजिक संजालमा उक्त टिकटक भाईरल भएको थियो ।

खबर एक्सप्रेस