आज:  | Sat, 20, Apr, 2024

ईकमर्सको लकडाउनमा पनि रोक्किएन रफ्तार : ईलेक्ट्रोनिक्स र मोबाइल एसेसोरिस लन्च

२०७७, १० असार बुधबार २२:३६ मा प्रकाशित ( ३ साल अघि) २३८४० पाठक संख्या

काठमाडौं १० असार
कोरोना भाईरसको महामारी नियन्त्रण गर्न नेपाल सरकारले चैत्र ११ गते देखी मुलुकमा लकडाउन गरेको थियो । लकडाउनमा पनि ईकमर्सले सेवा दिन आफ्नो रफ्तार नरोकी आफ्ना ग्रहाकलाई सेवा दिदै आएको छ ।

करिव १० वर्ष देखि बिभिन्न व्यवसायिक क्षेत्र क्रियाशील ५ युवाको समुहले डिजिटल मार्ट संचालनमा ल्याएका छन्। देशमा लक्डाउनका कारण सबै जसो व्यवसायिक क्षेत्र धरासायी बन्दै गरेको अवस्थामा आजै बाट सेवा विस्तार गर्ने गरि सुरुभएको यस स्टाटअपले केवल इ कमर्श लाई मात्र हैन, समग्र व्यवसायिक क्षेत्र लाई सकारात्मक असर पार्न सक्छ।


राम्रो मार्ट नाम दिएर सुरुभएको उक्त इकमर्शका संचालक मध्यका एक अमित नेपालका अनुसार, अहिले अनलाइन मार्केटको सुद्रिढ नेपाली बजार, यसको माग र आवश्यकतालाई मध्यनजर गरेर बुधवार बाट राम्रो मार्ट डटकम बजारमा आएको हो ।
नुन देखि सुन सम्म’ स्लोगन सहित ल्याईएको राम्रो मार्ट डटकममा मानिसका दैनिक अत्यावस्य उपभोग्य बस्तुलाई उपलब्ध गराउने लक्ष
लिएको संचालकले जानकारी दिएका छन् । । पहिलो चरणमा भने सिमित उत्पादन एलोक्ट्रोनिक्स र मोबाइल एसेसोरिस मात्रै लन्च गरिएको छ । ति सबै बाहिरबाट आयातित उत्पादन हुन । सबै जसो उत्पादन बाहिरका कम्पनि बाट राम्रो मार्ट डटकम ले सिधै आयात गर्छ ।

ईकमर्सका संचालक अमित नेपाल भन्छन, एक त बन्दाबंदीको अवस्थाले पुरै मार्केटले असर गर्यो। तर अन्य मार्केटलाइ जति यो इकमर्शलाइ असर गरेको देखिदैन। हुन त व्यक्ति संग पैसा भएन भने उसले आफ्नु खर्च घटाउदै नै जान्छ, यो एउटा एकोनोमिको थेउरि नै हो। बन्दाबंदी अघि मानिस संग पैसा हुन्थियो। सबै किसिमका उत्पादन खरिद गर्थे भने अब यो अवस्थामा आफुलाई अत्यावस्यक बस्तु मात्र खरिद गर्न थालेका छन्। त्यति मात्र फरक हो। अन्य क्षेत्र जस्तोे ठुलो क्ष्यति त यस क्षेत्रमा भएकको छैन।


अमितका अनूसार बन्दाबंदीका कारणले सबै घरमै बसिरहनु पर्ने अवस्था आएपछि, यो अवस्थामा राम्रो बजारको आवस्यकता महसुस गरेर यसलाई बजारमा ल्याईएका हो । अन्य अनलाइ जस्तो भेण्डरको सामान ग्राहक लाई बिक्रि गराउने नभएर राम्रो मार्ट डिजिटल मार्ट नै रहेको अमितले जान्कारी दिए । ग्राहकहरुले किन तपाइहरुले उपलब्ध गराउनु भएका उत्पादन खरिद गर्ने रु भन्ने प्रश्नमा अमित यसो भन्छन । सबै ग्राहक महानुभाव प्रति हाम्रो अनुरोध छ, हाम्रो राम्रो मार्टको साईट भित्र गएर हेरिदिनुहोस।

उनले भने हामीले उपलब्ध गराएका कम्पनीका सामानको मुल्य र त्यहि कम्पनीका सामानको अरुले दिने मुल्य। सामान को क्वालिटी र मुल्य हेरेर मात्र खरिद गर्नुहोस। अन्य को तुलनामा हामीले कम मूल्यमै उपलब्ध गराएका छौ।

खबर एक्सप्रेस