आज:  | Tue, 20, Feb, 2024

कोरोना महामारीबाट जनताले भोग्नुपरेको समस्याको समाधान गर: पूर्वराजा

२०७७, १० असार बुधबार २३:२३ मा प्रकाशित ( ३ साल अघि) २३४६८ पाठक संख्या

काठमाडौँ, असार १० गते ।

पूर्वराजा ज्ञानेन्द्र वीर बिक्रम शाहले कोरोना महामारीबाट जनताले भोग्नुपरेको समस्याको समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।

राष्ट्र कोरोना महामारीबाट गुज्रिरहेकोले आफ्नो जन्मदिनलाई उत्सवका रूपमा नमाउने घोषणा गर्दै बुधबार सामाजिक संजाल ट्विटरबाट सन्देश जारी गरेका हुन्।

“राष्ट्रियता नै हाम्रो मुल मन्त्र  र एकता नै शक्ति हो तर जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्याका सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ?” उनले ट्विट गर्दै सन्देश दिएका छन् ।

खबर एक्सप्रेस