आज:  | Thu, 22, Feb, 2024

गुराँस गाउँपालिकाको छैठौं गाउँसभा शुरु

२०७७, ११ असार बिहीबार १०:०७ मा प्रकाशित ( ३ साल अघि) १९१२८ पाठक संख्या

दैलेख, असार ११ गते ।
दैलेख, संघिय स्वास्थ्य राज्यमन्त्री नवराज रावतको प्रमुख अतिथ्यतामा गुराँस गाउँपालिका दैलेखको छैठौं गाउँसभा गाउँपालिकाको रानीमत्तामा शुरु भएको छ ।

सभामा गाउँपालिका उपाध्यक्ष दिपा वि.सीले कुल ४६ करोड १० लाख २५ हजार बराबरको बजेट प्रस्तुत गरेकी छन्। क्रमागत योजना तर्फ ५० लाख, वडागत तर्फ २ करोड ३१ लाख, आर्थिक विकासमा एक करोड ६ लाख, सामाजिक विकास तर्फ १ करोड ७४ लाख र कोरोना लक्षित विभिन्न कार्यक्रम तर्फ ५० लाख विनियोजन गरिएको छ । पर्यटन पुर्वाधार तर्फ १ करोड ३७ लाख विनियोजन गरिएको छ 

गाउँ सभामा गुराँस गाउँपालिका भवन निर्माण, गुराँस अस्पताल, गुराँस कृषि क्याम्पस, बाढीपिडितको बस्ती विकास कार्यक्रम र आलुको मुल विउ उत्पादनमा साझेदारी कार्यक्रम मुख्य प्राथमिकतामा परेका छन् ।

गाउँसभालाई सम्बोधन गर्दे स्वास्थ्य राज्यमन्त्री नवराज रावतले गाउँपालिकाले स्थापना गर्न लागेको गुराँस अस्पतालको लागी सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

गाउँसभामा नेपाली कांग्रेस दैलेखका सभापति कृष्ण कुमार बि.सी. विषेश अतिथिको रुपमा रहेका थिए। गाउँसभा गाउँपालिका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा शुरु भएको थियो । नीति, कार्यक्रम तथा बजेट माथिको छलफल असार ११ गते हुने प्रमुख प्रशासकिय अधिकृत रामबहादुर बुढाले जानकारी दिए। 

खबर एक्सप्रेस